FAQs Complain Problems

कर्मचारी विवरण

नासाेँ गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत छ ।

नासोँ गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानीय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको ४ नं. प्रदेश अन्तर्गत मनाङ जिल्लाको तल्लो भेगमा अवस्थित छ । साविकका धारापानी‚ ताचैवगरछाप र थोँचे गाविस लगायत ३ वटा गा.वि.स.हरु यसमा समावेश भएका छन । ७०९.५८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नासोँ गाउँपालिकाको जनसंख्या वि.सं. २०७८ को जनगणना अनुसार १६७१ रहेको छ । यस गाउँपालिकाको पूर्वमा गोरखा जिल्ला, पश्चिममा चामे गाउँपालिका र लमजुङ जिल्ला, उत्तरमा नार्पा भूमी गाउँपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत तथा दक्षिणमा लमजुङ जिल्ला रहेका छन । यस नासोँ गाउँपालिकामा ९ वटा वडाहरु रहेका छन भने यसको केन्द्र नासोँ ३ स्थित साविक धारापानी गा.वि.स.को कार्यालय (२१६० मि.) मा रहेको छ । नासोँ गाउँपालिका नेपालको संघीय संरचना अन्तर्गत प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको मनाङ जिल्ला अन्तर्गतको प्रदेश सभा “क” निर्वाचन क्षेत्र भित्र पर्दछ । यस क्षेत्र पर्यटकीय पदयात्राका दृष्टिकोणले महत्वपुर्ण रहेको छ । वर्षेनि हजारौँको संख्यामा स्वदेशी र विदेशी पर्यटकहरु मनाङ जिल्ला प्रवेश गर्ने द्वारको रुपमा यस गाउँपालिकालाई लिन सकिन्छ । अन्नपुर्ण संरक्षण क्षेत्र पदयात्रा, लार्केपास मनासलु पदयात्रा तथा माथिल्लो मनाङ पदयात्राका लागि यस गाउँपालिका क्षेत्र भएर यात्रा गर्नुपर्दछ । यस गाउँपालिका भित्र पर्यटकको सेवालाई मध्यनजर राख्दै विभिन्न सुविधासम्पन्न होटल, लज तथा गेष्टहाउसहरु सञ्चालनमा छन् । ग्रामीण भेग भएका कारण शहरी सुविधा भन्दा पनि गाउँले परिवेशमा रमाउने तथा पदयात्राको मज्जा लिन चाहने प्रकृतिप्रेमीका लागि मनाङ अनुपम गन्तब्य हो । यस गाउँपालिकामा विशेष गरी वौद्ध र हिन्दु धर्म मान्ने धर्मावलम्बीको हिस्सा उच्च रहेको पाउन सकिन्छ । गुरुङ जातीको बाहुल्यता भएपनि पुनेल, वि.क.लगायतका जातीहरु पनि रहेको यस गाउँपालिकाका अधिकांश जनताले गुरुङ भाषा बोल्ने गर्दछन् । बेशीसहर–चामे सडक खण्डमा पर्ने यस गाउँपालिकामा सडक यातायातले छोएपनि कच्ची साँघुरो र अत्यन्तै अप्ठ्यारो ग्रामीण सडक भएका कारण यात्रा गर्न त्यति सहज भने छैन । सञ्चारको हिसाबले नेपाल टेलिकमको जि.एस.एम. र सि.डी.एम.ए.मोबाईल सेवाको सुविधा पुगेको अवस्था छ भने प्राईभेट कम्पनीहरुले ईन्टरनेट सेवा पुर्याइरहेका छन् । एकाध ठाउँमा बाहेक अधिकांश जनताले विद्युतको सुविधा उपभोग गरीरहेका पाउन सकिन्छ । खानेपानी तथा सरसफाईको अवस्थालाई हेर्दा कुल जनसंख्याको करिब आधा हिस्साले यो सुविधा उपभोग गरिराखेको अवस्था छ । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भने आशातीत रुपमा विकाश हुन सकेको छैन । कृषियोग्य जमिनको उपलब्धता अत्यन्तै कम रहेको कारण यहाँ कृषि उपज उत्पादन ज्यादै न्युन भएतापनि पशुपालन व्यवसायलाई भने यहाँका कृषकहरुले केही महत्व दिएको पाउन सकिन्छ । पदमार्ग क्षेत्रमा बसोबास गर्ने वासीन्दाको मुख्य आम्दानीको श्रोत होटल व्यवसाय नै हो भने पदमार्गमा नपर्ने गाउँलेहरु निर्वाहमुखी कृषि र पशुपालन गरी जीवनयापन गर्न बाध्य छन् ।

 

 

नासोँ गा.पा.मा भएका प्रर्यटकीय स्थलहरु

  1. ताल गाउँमा अवस्थीत झर्ना, नासोँ-१
  2. आखे कुटु धार्मिक स्थल, नासोँ-१
  3. मार्खै डाँडा, नासोँ १ र नासोँ ४  
  4. डाेना ताल, नासोँ-२
  5. ताम्राङ गुम्वा र नाचै गाउँ जोडने झोलुङ्गे पुल(४१२ मि.), नासोँ -२
  6. पन्कार ताल, नासोँ-७
  7. भिम्थाङ गाउँ, नासोँ-७
  8. नाचै गाउँ होमस्टे, नासोँ-२
  9. ओ‍‍‌डार गाउँ होमस्टे, नासोँ-४
  10. डाफे लेक, नासोँ-४
  11. ताचै गाउँ होमस्टे, नासोँ-८

           

नाम पद शाखा ईमेल फोन नं
अनुप पौडेल प्रमुख प्रशासकीय अधिकृत anup.poudel1988@gmail.com 9856049450
शितल वहादुर पाण्डे अधिकृत स्तर आठौँ शिक्षा युवा तथा खेलखुद शाखा ९८४६३२८०५५
गोविन्द बहादुर रानाभाट बरिष्ठ अधिकृत योजना अधिकृत बरिष्ठ कार्यक्रम अधिकृत ranabhat.gobinda@gmail.com ९८५६०३२८६५
ई‍.नविन जोशी इन्जिनियर प्राविधिक navin.joshi2044@gmail.com 9841734973
डा.अनुज ज्ञावली अधिकृत स्तर सातौ पशु सेवा शाखा anujgyawali77@gmail.com 9867287491
तुलसीराम गुरुङ स्वास्थ्य सम्योजक स्वस्थ्य शाखा प्रमुख ९८५६०४९३३३
चित्र वहादुर पौडेल लेखा अधिकृत आर्थिक प्रशासन तथा राजश्व शाखा chitrastudent84@gmail.com ९८६४८३२५५२
राजन कटुवाल क्षेत्री अधिकृत स्तर सातौ कृषि शाखा rajankc2052@gmail.com 9860866737
तिज घले अधिकृत स्तर छैँटौ प्रशासन ( सूचना अधिकारी ) प्रशासन ( सूचना अधिकारी) ९८४६२२९७८४
प्रकाश गुरुङ सूचना प्रविधि अधिकृत सूचना प्रविधि arjungrg165@gmail.com ९८६३४६७७२७
रविन्द्र राज पाैडेल लेखापाल लेखा rabindrarajpoudel@gmail.com 9855083904
गोपाल वहादुर गुरुङ पाँचाै तह पशु सेवा शाखा ९८४६७८६१६०
दा धोर्जे विष्ट अन्तरिक लेखा परिक्षक आ.ले.प. शाखा ९८६६०८७६१७
भागिरथ बास्ताकोटी खा.पा.स.टे पाँचौ प्राविधिक ९८४६७७८२१०
याम प्रसाद रोका सव इन्जिनियर प्राविधिक शाखा yamroka9@gmail.comn 9857650369
प्रशान्त गुरूङ अ.सव इन्जिनियर प्राविधक ptamu99@gmail.com 9849993990
उज्वल लोहनी पाँचाै तह शिक्षा,युवा,तथा खेलकुद शाखा ujjwallohani2057@gmail.com 9765949510
गिता राना महिला विकास निरक्षाक तह चाैँथो ९८०४१६५६३१g@gmail.com 9841576564
सुमन चौधरी उद्यम विकास सहजकर्ता chysuman653@gmail.com 9842791769
ई. चन्दन केसरी सव इन्जिनियर प्राविधिक keshariyash143@gmail.com 9860459032
तेज ज‍ंग गुरुङ स्टोर शाखा प्रमुख जिन्सि शाखा ९८५६०४९६७८
कृष्ण गुरुङ MIS Operator पञ्जिकरण शाखा krishnaodar@gmail.com 9846110665
नविन गुरुङ रोजगार स‌ंयोजक ९८४६५८९६४२
मिन काशी गुरुङ सामाजिक परिचालिका ९८४६१२१५७७
सरस्वती गुरुङ खरिदार पशु सेवा शाखा saraswatigurung67@gmail.com ९८६६०४४४३६
विमला शेर्पा खरिदार कृषि शाखा sherpaphurbi5@gmail.com ९८६९११३४८४
रिमा गुरुङ फिल्ड सहायक rimagrg746@gmail.com 9846865111
सूर्यवहादुर गुरुङ का.स. ९८४६२२९६६१
नोख बहादुर दानी का.स. ९८४६५८९९७३
कमला गुरुङ का.स. ९८४६७८६१५०

Budget, Income & Expenses

//