FAQs Complain Problems

पूर्व कर्मचारी

नासाेँ गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत छ ।

नासोँ गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानीय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको ४ नं. प्रदेश अन्तर्गत मनाङ जिल्लाको तल्लो भेगमा अवस्थित छ । साविकका धारापानी‚ ताचैवगरछाप र थोँचे गाविस लगायत ३ वटा गा.वि.स.हरु यसमा समावेश भएका छन । ७०९.५८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नासोँ गाउँपालिकाको जनसंख्या वि.सं. २०७८ को जनगणना अनुसार १६७१ रहेको छ । यस गाउँपालिकाको पूर्वमा गोरखा जिल्ला, पश्चिममा चामे गाउँपालिका र लमजुङ जिल्ला, उत्तरमा नार्पा भूमी गाउँपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत तथा दक्षिणमा लमजुङ जिल्ला रहेका छन । यस नासोँ गाउँपालिकामा ९ वटा वडाहरु रहेका छन भने यसको केन्द्र नासोँ ३ स्थित साविक धारापानी गा.वि.स.को कार्यालय (२१६० मि.) मा रहेको छ । नासोँ गाउँपालिका नेपालको संघीय संरचना अन्तर्गत प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको मनाङ जिल्ला अन्तर्गतको प्रदेश सभा “क” निर्वाचन क्षेत्र भित्र पर्दछ । यस क्षेत्र पर्यटकीय पदयात्राका दृष्टिकोणले महत्वपुर्ण रहेको छ । वर्षेनि हजारौँको संख्यामा स्वदेशी र विदेशी पर्यटकहरु मनाङ जिल्ला प्रवेश गर्ने द्वारको रुपमा यस गाउँपालिकालाई लिन सकिन्छ । अन्नपुर्ण संरक्षण क्षेत्र पदयात्रा, लार्केपास मनासलु पदयात्रा तथा माथिल्लो मनाङ पदयात्राका लागि यस गाउँपालिका क्षेत्र भएर यात्रा गर्नुपर्दछ । यस गाउँपालिका भित्र पर्यटकको सेवालाई मध्यनजर राख्दै विभिन्न सुविधासम्पन्न होटल, लज तथा गेष्टहाउसहरु सञ्चालनमा छन् । ग्रामीण भेग भएका कारण शहरी सुविधा भन्दा पनि गाउँले परिवेशमा रमाउने तथा पदयात्राको मज्जा लिन चाहने प्रकृतिप्रेमीका लागि मनाङ अनुपम गन्तब्य हो । यस गाउँपालिकामा विशेष गरी वौद्ध र हिन्दु धर्म मान्ने धर्मावलम्बीको हिस्सा उच्च रहेको पाउन सकिन्छ । गुरुङ जातीको बाहुल्यता भएपनि पुनेल, वि.क.लगायतका जातीहरु पनि रहेको यस गाउँपालिकाका अधिकांश जनताले गुरुङ भाषा बोल्ने गर्दछन् । बेशीसहर–चामे सडक खण्डमा पर्ने यस गाउँपालिकामा सडक यातायातले छोएपनि कच्ची साँघुरो र अत्यन्तै अप्ठ्यारो ग्रामीण सडक भएका कारण यात्रा गर्न त्यति सहज भने छैन । सञ्चारको हिसाबले नेपाल टेलिकमको जि.एस.एम. र सि.डी.एम.ए.मोबाईल सेवाको सुविधा पुगेको अवस्था छ भने प्राईभेट कम्पनीहरुले ईन्टरनेट सेवा पुर्याइरहेका छन् । एकाध ठाउँमा बाहेक अधिकांश जनताले विद्युतको सुविधा उपभोग गरीरहेका पाउन सकिन्छ । खानेपानी तथा सरसफाईको अवस्थालाई हेर्दा कुल जनसंख्याको करिब आधा हिस्साले यो सुविधा उपभोग गरिराखेको अवस्था छ । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भने आशातीत रुपमा विकाश हुन सकेको छैन । कृषियोग्य जमिनको उपलब्धता अत्यन्तै कम रहेको कारण यहाँ कृषि उपज उत्पादन ज्यादै न्युन भएतापनि पशुपालन व्यवसायलाई भने यहाँका कृषकहरुले केही महत्व दिएको पाउन सकिन्छ । पदमार्ग क्षेत्रमा बसोबास गर्ने वासीन्दाको मुख्य आम्दानीको श्रोत होटल व्यवसाय नै हो भने पदमार्गमा नपर्ने गाउँलेहरु निर्वाहमुखी कृषि र पशुपालन गरी जीवनयापन गर्न बाध्य छन् ।

 

 

नासोँ गा.पा.मा भएका प्रर्यटकीय स्थलहरु

  1. ताल गाउँमा अवस्थीत झर्ना, नासोँ-१
  2. आखे कुटु धार्मिक स्थल, नासोँ-१
  3. मार्खै डाँडा, नासोँ १ र नासोँ ४  
  4. डाेना ताल, नासोँ-२
  5. ताम्राङ गुम्वा र नाचै गाउँ जोडने झोलुङ्गे पुल(४१२ मि.), नासोँ -२
  6. पन्कार ताल, नासोँ-७
  7. भिम्थाङ गाउँ, नासोँ-७
  8. नाचै गाउँ होमस्टे, नासोँ-२
  9. ओ‍‍‌डार गाउँ होमस्टे, नासोँ-४
  10. डाफे लेक, नासोँ-४
  11. ताचै गाउँ होमस्टे, नासोँ-८

           

नाम पद शाखा ईमेल फोन नं
सूमन अधिकारी प्रमुख प्रशासकीय अधिकृत ९८५६०४९४५०
शुभास पाण्डेय इन्जिनियर ९८४४११०४३२
मोतीलाल ढकाल ना.सु ९८५६०३६५१६
राजेन्द्र देवकोटा ना.सु ९८४१४९९७८६
खगेनद्र कुमार पौडेल ना.सु ९८४६२१३४२९
गुरुदेव प्रसाद शाह ना.सु कृषि ९८४४१२६८६४
श्रीकृष्ण पौडेल ना.सु भेटेनेरी ९८४६०६४८५६
दिपक देवकोटा सव इन्जिनियर ९८४६१४७३९९
प्रदिप कुमार यादव सव इन्जिनियर ९८४२५४९७७७
कृष्ण प्रसाद शर्मा खरिदार ९८४७६२६७१०
सरस्वती गुरुङ खरिदार भेटेनेरी ९८६६०४४४३६
खर्क बहादुर सुनार खरिदार ९८४७६२२५०७
अनिता राई खरिदार ९८६६३५०३८६
पोष्ट नारायण ढकाल खरिदार ९८४६१३४९६४
खिल वहादुर कुमाल खरिदार लेखा ९८४६११९२७३
सुदिपराज वाग्ले अन्तरिक लेखा परिक्षक ९८४६३२९४५३
अमृत अधिकारी सवारी चालक ९८६०५८७८५४
विश्व वन्धु रेग्मी प्रमुख प्रशासकीय अधिकृत ९८४१५६४३३८
शारदा भण्डारी प्रमुख प्रशासकीय अधिकृत sharada.bhandari2010@gmail.com 9856049450
सुशील ढकाल लेखापाल ९८५६०८६५५९
राजु गुरुङ का.स. ९८४६८६७९८६
डा. आयुषा घिमिरे अधिकृत स्तर सातौ पशू चिकित्सक ghimireaayusha70@gmail.com 9843904658
गिमान सिंह पुन मगर पाँचाै तह प्रशासन magargiman5@gmail.com 9843309859
शिव प्रसाद ढु‌ंगाना अधिकृत स्तर सातौ शिक्षा शाखा शिक्षा शाखा प्रमुख ९८४७६३५७५१
गजेन्द्र बहादुर बोहरा अधिकृत स्तर सातौ इन्जिनियर (प्रविधिक) ९८४६२१९६५५
ज्ञानेन्द्र प्रसाद पौडेल अधिकृत स्तर छैँटौ सूचना अधिकारी / वगरछाप आयुर्वेद औषधालय वगरछाप आयुर्वेद औषधालय ९८५१०७९००६
सबिन धिताल इन्जिनियर itonashongmun@gmail.com
समिक्षा पौडेल सव इन्जिनियर प्राविधिक ९८४५०८७९५१
बिना अधिकारी सव इन्जिनियर ८ र ९ नं. वडा प्राविधिक ९८४३६९६५००
रत्न कुमार जिरेल अ.सव इन्जिनियर प्राविधिक ९८४६३२०१६६
लाल वहादुर अस्लामी अ.सव इन्जिनियर प्राविधिक शाखा aslamilokeshmagar@gmail.com 9846230829
डोइलीविर राना अ.सव इन्जिनियर ६ र ७ नं. वडा प्राविधिक 9848215061
सेठजी राय यादव अ.सव इन्जिनियर प्राविधिक sethg5464@gmail.com ९८४५९४६०९९
कमला सिजाँगु खरिदार कृषि शाखा ९८६३३८६७६७
लक्ष्मी कुमारी दसुनी उद्यम विकास सहजकर्ता उद्यम विकास ९८६६६३१४९६

Pages

Budget, Income & Expenses

//