FAQs Complain Problems

आ.ब.२०७५।७६ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

नासाेँ गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत छ ।

नासोँ गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानीय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको ४ नं. प्रदेश अन्तर्गत मनाङ जिल्लाको तल्लो भेगमा अवस्थित छ । साविकका धारापानी‚ ताचैवगरछाप र थोँचे गाविस लगायत ३ वटा गा.वि.स.हरु यसमा समावेश भएका छन । ७०९.५८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नासोँ गाउँपालिकाको जनसंख्या वि.सं. २०६८ को जनगणना अनुसार १९३८ रहेको छ । यस गाउँपालिकाको पूर्वमा गोरखा जिल्ला, पश्चिममा चामे गाउँपालिका र लमजुङ जिल्ला, उत्तरमा नार्पा भूमी गाउँपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत तथा दक्षिणमा लमजुङ जिल्ला रहेका छन । यस नासोँ गाउँपालिकामा ९ वटा वडाहरु रहेका छन भने यसको केन्द्र नासोँ ३ स्थित साविक धारापानी गा.वि.स.को कार्यालय (२१६० मि.) मा रहेको छ । नासोँ गाउँपालिका नेपालको संघीय संरचना अन्तर्गत प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको मनाङ जिल्ला अन्तर्गतको प्रदेश सभा “क” निर्वाचन क्षेत्र भित्र पर्दछ । यस क्षेत्र पर्यटकीय पदयात्राका दृष्टिकोणले महत्वपुर्ण रहेको छ । वर्षेनि हजारौँको संख्यामा स्वदेशी र विदेशी पर्यटकहरु मनाङ जिल्ला प्रवेश गर्ने द्वारको रुपमा यस गाउँपालिकालाई लिन सकिन्छ । अन्नपुर्ण संरक्षण क्षेत्र पदयात्रा, लार्केपास मनासलु पदयात्रा तथा माथिल्लो मनाङ पदयात्राका लागि यस गाउँपालिका क्षेत्र भएर यात्रा गर्नुपर्दछ । यस गाउँपालिका भित्र पर्यटकको सेवालाई मध्यनजर राख्दै विभिन्न सुविधासम्पन्न होटल, लज तथा गेष्टहाउसहरु सञ्चालनमा छन् । ग्रामीण भेग भएका कारण शहरी सुविधा भन्दा पनि गाउँले परिवेशमा रमाउने तथा पदयात्राको मज्जा लिन चाहने प्रकृतिप्रेमीका लागि मनाङ अनुपम गन्तब्य हो । यस गाउँपालिकामा विशेष गरी वौद्ध र हिन्दु धर्म मान्ने धर्मावलम्बीको हिस्सा उच्च रहेको पाउन सकिन्छ । गुरुङ जातीको बाहुल्यता भएपनि पुनेल, वि.क.लगायतका जातीहरु पनि रहेको यस गाउँपालिकाका अधिकांश जनताले गुरुङ भाषा बोल्ने गर्दछन् । बेशीसहर–चामे सडक खण्डमा पर्ने यस गाउँपालिकामा सडक यातायातले छोएपनि कच्ची साँघुरो र अत्यन्तै अप्ठ्यारो ग्रामीण सडक भएका कारण यात्रा गर्न त्यति सहज भने छैन । सञ्चारको हिसाबले नेपाल टेलिकमको जि.एस.एम. र सि.डी.एम.ए.मोबाईल सेवाको सुविधा पुगेको अवस्था छ भने प्राईभेट कम्पनीहरुले ईन्टरनेट सेवा पुर्याइरहेका छन् । एकाध ठाउँमा बाहेक अधिकांश जनताले विद्युतको सुविधा उपभोग गरीरहेका पाउन सकिन्छ । खानेपानी तथा सरसफाईको अवस्थालाई हेर्दा कुल जनसंख्याको करिब आधा हिस्साले यो सुविधा उपभोग गरिराखेको अवस्था छ । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भने आशातीत रुपमा विकाश हुन सकेको छैन । कृषियोग्य जमिनको उपलब्धता अत्यन्तै कम रहेको कारण यहाँ कृषि उपज उत्पादन ज्यादै न्युन भएतापनि पशुपालन व्यवसायलाई भने यहाँका कृषकहरुले केही महत्व दिएको पाउन सकिन्छ । पदमार्ग क्षेत्रमा बसोबास गर्ने वासीन्दाको मुख्य आम्दानीको श्रोत होटल व्यवसाय नै हो भने पदमार्गमा नपर्ने गाउँलेहरु निर्वाहमुखी कृषि र पशुपालन गरी जीवनयापन गर्न बाध्य छन् ।

नासोँ गा‍.पा. अन्तर्गतका स्वास्थ्य कार्यालयहरुको विवरण ।

 
क.सं.   स्वास्थ्य चौकीको नाम   सम्पर्क व्यक्ति                सम्पर्क नं.        कै.      
१. धारापानी स्वास्थ्य चौकी, नासोँ-१, ताल, मनाङ धन वहादुर गुरुङ         9846158975          
२. थाेँचे स्वास्थ्य चौकी, नासोँ-५,थोँचे,मनाङ       मिश्री माया गुरुङ 9846461612     
३. ताचै स्वास्थ्य चौकी, नासोँ-८, ताचै, मनाङ रुवी कुमारी 9840021498     
४. नाचै आधारभूत स्वास्थ्य केन्द्र, नासोँ -२, नाचाै, मनाङ सरस्वती गुरुङ 9846786967  
५. खोत्रो आधारभूत स्वास्थ्य केन्द्र, नासोँ-३, खोत्रो, मनाङ मन काशी गुरुङ 9841173216  
६. ‍‍‍‌ओडार  आधारभूत स्वास्थ्य केन्द्र, नासोँ-४, ओडार, मनाङ‌‍‍ आईत माया वि.क 9846786148  
७. बगरछाप आधारभूत स्वास्थ्य केन्द्र, नासोँ-९, बगरछाप, मनाङ शर्मिला घले 9846644143  
८. तिल्चे आधारभूत स्वास्थ्य केन्द्र, नासोँ-६, तिल्चे, मनाङ शर्मिला गुरुङ 9841108177  
९.        तिल्चे आधारभूत स्वास्थ्य केन्द्र, नासोँ-७, तिल्चे, मनाङ विश्वविवेक मल्ल 9843747855  
 

नासोँ गा.पा.मा भएका प्रर्यटकीय स्थलहरु

  1. ताल गाउँमा अवस्थीत झर्ना, नासोँ-१
  2. आखे कुटु धार्मिक स्थल, नासोँ-१
  3. मार्खै डाँडा, नासोँ १ र नासोँ ४  
  4. डाेना ताल, नासोँ-२
  5. ताम्राङ गुम्वा र नाचै गाउँ जोडने झोलुङ्गे पुल(४१२ मि.), नासोँ -२
  6. पन्कार ताल, नासोँ-७
  7. भिम्थाङ गाउँ, नासोँ-७
  8. नाचै गाउँ होमस्टे, नासोँ-२
  9. ओ‍‍‌डार गाउँ होमस्टे, नासोँ-४
  10. डाफे लेक, नासोँ-४
  11. ताचै गाउँ होमस्टे, नासोँ-८

           

नासोँ गाउँपालिका ले २०७६ जेष्ठ ११ गते आ.ब.२०७५/७६ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नासोँ गा.पा. वडा नं.३ माथिल्लो धारापानी स्थित आमा समुहको हलमा कार्यक्रम सञ्चालन गरीएको थियो । कार्यक्रममा ११० जना भन्दा वढि युवा क्लव‚ आमा समुह‚ उपभोक्ता समितिका पदाधिकारी‚ नागरिक समाज तथा पत्रकारहरु एवम् सर्वसाधारण जनताको उपस्थिति रहेको थियो । कार्यक्रम नासोँ गाउँपालिका अध्यक्ष श्री चन्द्र घले ज्यूको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गाउँपालिकाका ९ वटै वडाका वडा अध्यक्षहरुले वडा कार्यालयबाट भइराखेका सेवा प्रवाह तथा विकास निर्माण योजनाहरुको गतिविधिका वारेमा जानकारी गराउनु भएको थियो । नासोँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै नेपालको संविधानको अनुसुची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिकालाई प्राप्त भएका अधिकार क्षेत्र तथा गाउँपालिकाले प्रवाह गरीराखेको सेवा प्रवाह सम्वन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

उक्त कार्यक्रममा निम्नानुसार सवालहरु उठेका थिएः 

सवारी साधनको भाडादर समायोजनका लागि गाउँपालिकाले पहल गर्नुपर्ने ।

प्राविधिक कर्मचारीको अभावका कारण काम गर्न समस्या भएको ।

गाउँपालिकाले सञ्चालन गरेका तालिम तथा अन्य सीप विकासका कार्यहरुको निरन्तर अनुगमन गर्नुपर्ने । 

गाउँपालिकाको अनुगमन समितिले  अनुगमन गरेपनि अझै प्रभावकारी नभएको । 

गाउँपालिकाले कृषि तथा पशु विकासमा उल्लेख्य वजेट लगानी गर्न नसकेको ।

उपभोक्ता समितिलाई प्रभावकारी वनाउन नसकेको । 

महिला लक्षित वजेट वढाउनुपर्ने।

मदिरापान तथा जुवातास जस्ता विषयलाई कडाईका साथ रोक लगाउनु पर्ने । 

विद्यार्थी संख्या न्यून भएका विद्यालयका शिक्षकहरुलाई सुहाउँदो कार्यजिम्मेवारी दिनुपर्ने । 

पशु विकासमा कुखुरा लगायतका वितरणमुखी कार्यलाई रोकी व्यवसायउन्मुख किसानलाइ मात्र अनुदान दिनुपर्ने । 

कृषि तथा पशु सेवा केन्द्र हटेर सेवा पाउन झन समस्या भएको ।

साथै सहभागीहरुले संघीयता आउनुभन्दा अगाडीको भन्दा गाउँपालिका आएपछि तुलनात्मक रुपमा प्रभावकारी सेवा प्रवाह भएको‚ आवासीय विद्यालय सञ्चालन गरेकोमा गाउँपालिकाको प्रशंसा समेत गरेका  र अझै गाउँपालिकाले जनताको मन छुने गरी काम गर्नुपर्ने सुझाव दिएका थिए । 

कार्यक्रममा सेवाग्राहीले उठाएका गुनासाहरुको सम्वोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षले गर्नुभएको थियो । 

यसै क्रममा गाउँपालिका अध्यक्ष चन्द्र घलेले स्थानीय सरकार जनताको सवैभन्दा नजिकको सरकार भएकाले जनताले महशुस गर्ने गरी काम गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त वनाई नमुना  गाउँपालिका वनाउन लागि परेको र यस सम्वन्धमा जनताले प्रत्यक्ष सल्लाह र सुझाव दिनुपर्ने वताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले सार्वजनिक उत्तरदायित्व र पारदर्शिताका प्रवर्ध्दन गर्न र गाउँपालिकाको सेवा प्रवाहका विषयमा जनताको धारणा वुझ्न यस्तो  कार्यक्रम आयोजना गरीएकोले जनताका सुझाव सल्लाहलाइ आत्मसात गर्दै गाउँपालिका अगाडी वढ्ने वताउनुभयो । 

कार्यक्रम विहानको ११.३० मा शुरु भई ४.३० मा समापन भएको थियो । 

आर्थिक वर्ष:

Budget, Income & Expenses